क्यान्सर काउन्सिल एसए र एनआरएनए साउथ अस्ट्रेलियाका पदाधिकारीहरु बिच अन्तरक्रिया कार्यक्रम - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

क्यान्सर काउन्सिल एसए र एनआरएनए साउथ अस्ट्रेलियाका पदाधिकारीहरु बिच अन्तरक्रिया कार्यक्रम



साउथ अस्ट्रेलियामा रहेको क्यान्सर काउन्सिल एसए र एनआरएनए साउथ अस्ट्रेलियाका पदाधिकारीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फोकस ग्रुप अन्तर्गत क्यान्सर काउन्सिल एसएको निमन्त्रणामा भएको उक्त कार्यक्रममा नेपाली समुदायमा जनचेतना पुराउनको लागि दुबै सँस्थाले खेल्न सक्ने भूमिकाको बारेमा चर्चा गरिएको एनआरएनए साउथ अस्ट्रेलिया कि डेपुटी संयोजक सन्तोषी गौतमले बताईन।

समुदायका सदस्यहरुको नियमति स्वास्थ्य जाँच , क्यान्सरको बारेमा सहि सूचनाको पहुच र माध्यम , यहाँको परिवेशमा भाषिक, सांस्कृतिक चुनौती , क्यान्सर भए पछिको मनोविज्ञान र समुदायका सदस्यहरुले खेल्न सक्ने भूमिका लगायतका बिषयमा छलफल भएको थियो। क्यान्सर रोकथाम साथै रिसर्च टिमका सदस्यहरु समेत सहभागी रहेको उक्त कार्यक्रममा नेपाली समुदाय जनसांख्यिकीय हिसाबले ५० वर्ष मुनिको जनसंख्या बढी भएको हुदा नियमति स्वास्थ्य जाँच गराउन जनचेतना मुलक र स्क्रिंनिंग कार्यक्रमहरु समुदायमा प्रभाबकारी हुने स्टेट संयोजक नबिन पन्तले क्यान्सर काउन्सिल एसएलाइ सुझाब दिएका थिए।

शरीरमा आउने परिवर्तनहरुलाई समयमै ध्यान नदिदा त्यसले दिएका दुखद नतिजाहरु समुदायमा आलै रहेको स्मरण गर्दै समुदाय र परिवारलाई स्वास्थ्य राख्न समुदायमा रहेका सँस्थाहरुले जनचेतना मुलका कार्यक्रमलाई समेत प्राथमिकता राख्नुपर्ने सन्तोषी गौतम बताउछिन् । नियमति स्वास्थ्य परिक्षणले क्यन्सर मात्र नभएर अन्य रोगहरु समेत समयमा पत्ता लगाउन सकिने हुदा यस क्षेत्रमा एनआरएनए साउथ अस्ट्रेलियाले यहाँ रहेका मेन स्ट्रिम सँस्थासँग सम्वन्य गरी जनचेतना मुलका कार्यक्रम गर्ने योजना बनाएको गौतमले बताईन।