नेपाल विद्यार्थी संघमा '४० कटेसी रमाउँला' - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाल विद्यार्थी संघमा ‘४० कटेसी रमाउँला’



काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ संगठन ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’मा पदाधिकारीहरु थपेका छन् ।

गत माघ १६ गते गठित ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ मा सात जना नयाँ पदाधिकारीहरु थपेका हुन् ।

लामो समयदेखि अनिर्णयको बन्दी बनेको नेविसंघमा ४६ वर्षीय राजीव ढुङ्गानालाई अध्यक्ष बनाएपछि पार्टी र सभापति भैरहेको चर्को आलोचनामा बिस्तारित कार्यसमितिले आगोमा घ्यु थपेजस्तै बनेको छ ।

काङ्ग्रेसकै कार्यकर्ताहरूले पार्टी सिध्याउने अर्को हत्कण्डा अपनाएको भन्दै नेतृत्वप्रति निकै आलोचना गरिरहेका छन् ।

कतिपय नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा दुखेसो पोख्दै पार्टी नेतृत्वले कार्यकर्ताको चाहना कहिलै नबुझेको आरोप समेत लगाएका छन् ।

पार्टीकै कतिपय केन्द्रीय नेताहरूले यसलाई नेतृत्वको मनोमानी समेत भनेका छन् । नाम नबताउने सर्तमा एकजना केन्द्रीय सदस्यले नेविसंघ सधैका लागि सिध्याउने योजना अनुसार संगठनको मर्मविपरित पार्टी नेतृत्वले जे मन लाग्यो त्यहि गरेको समेत बताए ।

एक जना नेताका अनुसार अहिलेको नेतृत्व पार्टीको भविष्यप्रति उत्तरदायी नभएको कारण कैयौँ गल्ति भैरहंदा पनि चेतना नसकेको बताए । उनले भने इतिहासकै ठुलो पराजयपछि नेतृत्वको चेत औनुपत्रने थियो तर, झन् झन् बिग्रार्दै गैरहेकोले उनीहरूलाई पार्टीको माया नै नभएको प्रमाणित भैरहेको छ ।

हिमालपोस्टसंग कुरा गर्दै उनले भने “सबै काण्डमा नेतृत्व आफै मुछिएका छन्, अहिले शक्तिमा नरहनेहो भने जिन्दगी सकिन्छ भनेर पनि यस्ता मनमौजी काम गरिरहेका छन् । आफ्नो दुनो सोझ्याउने बाहेक केहि गर्नेवाला छैनन्” उनले भने ।

पार्टीमै लामो समयदेखि क्रियाशील कार्यकर्ता सुशील पोखरेलले दुखेसो पोख्दै भने “पार्टी नै नरहने चिन्ता भैसक्यो, संगठनको के चिन्ता गरेर बस्नु, नेविसंघमा चालिस कटेसी रमाउँला”

हुनपनि नेविसंघको अहिलेको समितिमा ४० वर्ष नकाटेको खासै कोहि छैनन् । यस्तो बदलिँदो समयमा विद्यार्थीको पिर मर्काको आवाज उठाने र उनीहरूको नेतृत्व गर्ने नेताहरु ‘आउटडेटेड” भैसकेका छन् । उनीहरूका छोराछोरीहरू कलेज पढ्छन भने उनीहरूले यो पुस्ताको नेतृत्व कसरी गर्न सक्छन ?