आफ्नै नेताविरुद्ध नेविसंघको प्रदर्शन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आफ्नै नेताविरुद्ध नेविसंघको प्रदर्शन



काठमाडौं– आफ्नै नेतृत्वबिरुद्ध नेविसंघले प्रदर्शन गरेको छ ।

शुक्रबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

पार्टीको हितमा भन्दा गुटको हितमा लागेर पार्टी ध्वस्त पार्न लागेक भन्दै उनीहरूले पर्दर्शन गरेका हुन् ।

पटक–पटक सारिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक हुनुअघि नेविसंघका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले नेविसंघमा उमेरहद ३२ बनाउनुपर्ने विधानलाई कार्यान्वयन गर्न माग गरेका छन् । भने पार्टीलाई अनिर्णयको बन्दि नाबनाउना पनि नेतृत्वलाई सचेत बनाएका छन् ।

नेविसंघको प्रदर्शनले तनावको स्थिति भएपछी सानेपामा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदर्शनका कारण कांग्रेस केन्द्रीय समितिको बैठक प्रभावित हुने सम्भावना छ ।