टेलिकमको दसैं अफरः रिचार्जमा बोनस, केहि सेवा निःशुल्क - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

टेलिकमको दसैं अफरः रिचार्जमा बोनस, केहि सेवा निःशुल्क



काठमाडौं । नेपाल टेलिकमले यस वर्षको दसैंको उपलक्ष्यमा कम्पनीका सेवाहरुमा विभिन्न छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी, एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफर ल्याएको हो । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात् असोज १२ देखि नै लागू भएका छन् ।

अफरअनुसार फोरजी सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने बताइएको छ ।

त्यसैगरी पहिलो पटक फोरजी नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले ८द्धद्धद्ध३ डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । यो सेवा अर्को सूचना जारी नभएसम्म निरन्तर रहने छ । प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन् ।

टेलिकमले जीएसएम तथा सीडीएमए ग्राहकका प्रिपेड तथा पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने छ । असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ ।