नुवाकोट क्षेत्र नं २ को गाउँपालिका पुन संरचनाको लागि प्रस्तावित गाउँपालिका प्रति माननीय डा. महतको असहमति - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नुवाकोट क्षेत्र नं २ को गाउँपालिका पुन संरचनाको लागि प्रस्तावित गाउँपालिका प्रति माननीय डा. महतको असहमति



नुवाकोट, २५ कात्तिक ।

नुवाकोट जिल्लालाई दुई नगरपालिका र १० गाउँपालिका कायम हुने गरी जिल्ला स्तरीय प्राविधिक समितिले पुनसंरचना प्रस्ताव दलबाट पारित नगराई पुनः संरचना गर्न खोजिएको छ।उक्त संरचना तयार गर्दा एमाले र माओबादी केन्द्रको सहमतिमा तयार गरीए पछि जिल्लाका राजनीतिक दलबीच पुनः संरचनामा केही असहमति देखिएको छ।असहमति जनाउने नेपाली कांग्रेस,नयाँ शक्ति लगाएतका अन्य साना दलहरू छन।उक्त पुन संरचनामा प्रति नेपाली कांग्रेस क्षेत्र नं २ का माननीय डा. रामशरण महतले समेत असहमति ब्यक्त गर्नु भएको छ।नुवाकोट क्षेत्र नं २ का गेर्खु गाउँ बिकास समिति,खानीगाउँ गाउँ बिकास समिति र चौघडा गाउँ बिकास समितिका केहि वडालाई क्षेत्र नं २ बाट टुक्राउने प्रयास गरी पुन संरचना गरीएको हुँदा असहमति ब्यक्त गरीएको हो।

नुवाकोट जिल्ला १ नगरपालिका र ६१ वटा गाबिसहरू रहेकोमा हाल आएर माओबादी केन्द्र र नेकपा एमालेको सहमतिमा पुनसंरचना गरीएकोमा विशेष गरी विदुर नगरपालिकासँग सीमा जोडिएका सबै गाविसलाई विदुर नगरपालिकामा गाभ्न खोजिएको छ।तुप्चे, गेर्खु, कल्याणपुर, चारघरे र खड्गभन्ज्याङ,खानीगाउँलाई थप गर्न खोजिएको छ । साबिकमा ११ वडा रहेको विदुर नगरपालिकामा अब १३ वटा वडा बनाउने प्रयास गरीएको छ।यस्तै साबिकको इलाका नं ४ अन्तर्गतका बेलकोट, जिलिङ, कुमरी, दुईपिपल, रातमाटे र मदानपुरका केही वडालाई थप गरेर बेलकोटगढी नगरपालिका प्रस्ताव गरिएको छ । जिलिङको बाघखोरमा केन्द्र प्रस्ताव गरिएको बेलकोट गढी नगरपालिकामा पनि १३ वटा वडा रहेका छन् । 15060415_1177144179033216_1573290385_o

१० वटा गाउँपालिकामा दुप्चेश्वर गाउँपालिकाको केन्द्र समुन्द्रटार कायम गरिएको छ ।यस्तै पञ्चकन्या गाउँपालिकाको केन्द्र मोठभन्ज्याङ रहेको छ । यस्तै सूर्यगढी गाउँपालिकाको केन्द्र चोकदे कायम गरिएको छ । ककनी गाउँपालिकाको केन्द्र रानीपौवामा कायम गरिएको छ । लिखु गाउँपालिकाको केन्द्र सूर्यमती १ मा, शिवपुरी गाउँपालिकाको केन्द्र सेराबगर, तारकेश्वर गाउँपालिकाको केन्द्र दाङसिं, मेघाङ गाउँपालिकाको केन्द्र दुडीमैदान, किस्पाङ गाउँपालिकाको केन्द्र किस्पाङ प्रस्ताव गरिएको छ ।

यस प्रस्ताब प्रति असहमति जनाउदै नेपाली कांग्रेस क्षेत्र नं २ का माननीय डा. राम शरण महतले क्षेत्र नं २ अन्तरगतका गाबिसहरू पुन संरचना गरीदा केहि गाबिसहरू भौगोलिक एवं प्रशासनिक दृष्ट्रिकोणबाट ब्यबहारीक नहुने गरी गाबिस पुनसंरचनाको शिफारीश प्रस्ताब गरीएकोले गाबिस पुनसंरचना गरीदा स्थानीय सेवा ग्राहीहरूलाई भौगोलिक तथा प्रशासनिक सुबिधाको दृष्ट्रिकोणबाट समेत सुलभ तथा सुबिधा हुन आबश्यक रहेको छ ।नुवाकोट जिल्ला क्षेत्र नं २ अन्तरगतका २३ गाबिसहरूबाट एक नगर पालिका र तीन गाउँ पालिका हुनका लागि शिफारीस गर्नु भएको छ।पुन संरचना गरीदा साबिक निर्बाचन क्षेत्र र गाबिस क्षेत्रहरूलाई सोही निर्बाचन क्षेत्र र गाबिस भित्र पुन संरचना गरीनु पर्छ भन्नु हुन्छ।डा. महतले असहमति जनाउदै जिल्ला पुनर्सरचना आयोगमा आफ्नो धारणा शिफारीश गर्नु भएको क्षेत्र नं २ अन्तरगत १ नगरपालिका र ३ गाउँ पालिका तथा तिनीहरूका प्रस्ताबित केन्द्रहरू यस प्रकार छन:-
१. सुर्य गढी नगरपालिका प्रस्ताबिक केन्द्र चोगते र समाबेश हुने गाबिसहरू गेर्खु,खानीगाउँ,बागेश्वरी,हल्दे कालिका र गणेश स्थान।
२.तादी गाउँ पालिका प्रस्ताबित केन्द्र खरानीटार समाबेश हुने गाबिसहरू उर्लेनी,लच्याङ,नर्जा मण्डप,खरानीटार,रालुका र सुन्दरादेवी।
३. कालिका गाउँ पालिका प्रस्ताबित केन्द्र मोठ भञ्ज्याङ समाबेश हुने गाबिसहरू थप्रेक, पञ्चकन्या,भद्रुटार,कबिलास र चौघडा।
४. दुप्चेश्वर गाउँ पालिका प्रस्ताबित केन्द्र समुन्द्रटार समाबेश हुने गाबिसहरू घ्याङफेदी,राउतबेशी,समुन्द्रटार,बेतिनी,गाउँ खर्क,शिखरबेशी र बालकुमारी रहेको छ।