नयां शक्ति रुपन्देहीद्वारा उम्मेदवार सिफारिस - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नयां शक्ति रुपन्देहीद्वारा उम्मेदवार सिफारिस



बुटवल,२२ असोज । नयां शक्ति पार्टी नेपाल रुपन्देहीले आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेश सभा चुनावका लागि रुपन्देहीबाट उम्मेदवारहरु सिफारिस गरेको छ ।

शनिबार बसेको वैठकले नेकपा एमाले, माओवादी केन्द्र र नयां शक्ति पार्टी नेपालबीच चुनावमा तालमेल र चुनावपछि पार्टी एकता गर्ने निर्णयलाई ऐतिहासिक आवश्यकता भन्दै स्वागत गर्नुका साथै उक्त निर्णयको जिल्लामा पूर्ण पालना गर्ने निर्णय समेत गरेको छ ।

पार्टीका जिल्ला संयोजक देवेन्द्र पाण्डे सागरको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । जसअनुसार क्षेत्र नंं. १ बाट प्रतिनिधिसभाका लागि देवेन्द्र पाण्डे सागर तथा प्रदेशसभाका लागि क्षेत्र नंं १ ‘क’ बाट नजिर अली र ‘ख’बाट पृथ्वी खत्री सिफारिस भएका छन् ।

यस्तै क्षेत्र नंं २ बाट प्रतिनिधिसभाका लागि मनिकर कार्की र हरि खड्का तथा प्रदेश सभाका लागि ‘क’ मा पंकज राई र ‘ख’मा विमल गिरी, क्षेत्र नंं ३ बाट प्रतिनिधिसभाका लागि ओमप्रकाश विक तथा प्रदेश सभाका लागि ‘क’मा शोभाकान्त नेपाल र ‘ख’ मा श्यामबहादुर चौधरी सिफारिस भएका छन् ।

यस्तै क्षेत्र नंं ४बाट प्रतिनिधिसभाका लागि पुरन यादव तथा प्रदेशसभाका लागि ‘क’मा जितेन्द्रनाथ शुक्ला र ‘ख’मा कृष्णप्रसाद उपाध्याय र क्षेत्र नंं ५बाट प्रतिनिधिसभाका लागि बोम दर्लामी तथा प्रदेश सभाका लागि ‘क’ मा सोमनाथ पौडेल र ‘ख’मा सन्तराम यादव र मुक्तर अली सिफारिस भएका छन् ।

पार्टीको वैठकले संघ र प्रदेशको बन्द सूचिका उम्मेदवारको नाम पनि तयार गरी केन्द्रमा पठाएको नयां शक्ति पार्टी नेपाल रुपन्देहीका इन्चार्ज यज्ञ पोखरेलले जानकारी दिए ।