न्युजिल्यान्डको न्युन स्कोर, तनावमा विलियमसन् - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

न्युजिल्यान्डको न्युन स्कोर, तनावमा विलियमसन्



काठमाडौं- इंग्ल्यान्डमा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटको उपाधिका लागि अहिले न्युजिल्यान्ड र इङल्यान्ड खेलिरहेका छन् ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सुरुवात देखिनै दबाब झेलिरहेको छ । सात ओभरमा १ विकेट गुमाएको न्युजिल्यान्डले २० ओभरको समाप्तिमा ९१ रन मात्र जोड्न सफल भएको छ । भने एउटा विकेटको क्षति बेहोरेको छ ।

मार्टिन गुप्टिल १९ रनमा आउट भएपछि आएका विलियमसन्ले लय समात्न सकेका छैनन् । ४५ बलमा २७ रन मात्र जोडेका उनले निकै दबाब महसुस गरेका छन्  ।

सातौँ ओभरको दोस्रो बलमा गुप्टिललाई क्रिस वोक्सले एलबीडब्लु धरापमा पारे। हेनरी निकोल्स ५९ बलमा ४०  रन मात्र जोडेका छन् ।