बोल्टको आक्रामक बलिङ, बंगलादेश ८ विकेटले पराजित - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बोल्टको आक्रामक बलिङ, बंगलादेश ८ विकेटले पराजित



एजेन्सी । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको उत्कृष्ट बलिङमा न्यूजिल्यान्डले पहिलो एकदिवसीय खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । जितसँगै घरेलु टोली न्यूजिल्यान्डले तीन एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ ।

जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्यान्डले २१ दशमलव २ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर हेनरी निकोलस ४९ रनमा अविजित रहे । विल योंग ११ रनमा अविजित रहँदा ओपनर मार्टिन गुप्टिल ३८ र डेभन कन्वे २७ रनमा आउट भए । बंगलादेशका हसन मोहम्मद तस्किन अहमद १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश ४१ दशमलव ५ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । बंगलादेशका महमुदूल्लाहले सर्वाधिक २७ रन बनाए । कप्तान तमिम इकबाल १३, लिटन दास १९, मुश्फिकुर रहिम २३ र मेहदी हसन १४ रनमा आउट भए । न्यूजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ विकेट लिए ।

बंगलादेश र न्यूजिल्याडको दोस्रो एकदिवसीय खेल मंगलबार हुनेछ ।