बाराक ओबामा र बाइडनलाई जेल हाल्ने ट्रम्पको चेतावनी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बाराक ओबामा र बाइडनलाई जेल हाल्ने ट्रम्पको चेतावनी



एजेन्सी- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा तथा पूर्वउपराष्ट्रपति जो बाइडनलाई जेल लाहने चेतावनी दिएका छन् ।

उनले ओबामाको पालामा इतिहासमा यो सबभन्दा ठूलो राजनीतिक अपराध भएको भन्दै कारागार पठाउनुपर्ने बताएका हुन् ।

फक्स टीभीसँग शनिवार बिहान कुरा गर्दै ट्रम्पले माइकल फ्लिनको मुद्दामा ओबामा र बाइडन दोषी रहेको भन्दै जेल हाल्नुपर्ने बताएका हुन् । त्यसलगत्तै उनले ट्वीट गर्दै ओबामा प्रशासन भ्रष्ट भएकाले आफू निर्वाचित भएको बताए ।

‘हाम्रो देशको इतिहासमा यो सबभन्दा ठूलो राजनीतिक अपराध थियो,’ ट्रम्पले ओबामा र बाइडनका सम्बन्धमा बताए ।

‘म रिपब्लिकन नभई डेमोक्रेट भएको भए सबैजना उहिल्यै जेलमा पुगिसकेका हुन्थे । म ५० वर्षको जेल सजायको कुरा गर्दैछु,’ उनले फक्स बिजनेसमा मारिया बार्टिरोमोसँग कुरा गर्दै भने ।

‘हाम्रो देशको इतिहासमा यति ठूलो राजनीतिक घोटाला भयो । यसका लागि मानिसहरू जेल जानुपर्ने हुन्छ र आशा गरौं धेरै मानिसले यसको मूल्य चुकाउनेछन् ।’

एफबीआईले राष्ट्रिय सुरक्षा सल्लाहकारका विषयमा अनुसन्धान गर्न खोजिरहेको बाइडन र ओबामालाई थाहा भएको अनि त्यतिखेरको प्रशासनले फ्लिनको पहिचान खोल्न अनुरोध गरेको बताइएको छ ।

जनरल फ्लिनविरुद्धको मुद्दा खारेज गरेकोलाई ट्रम्पले प्रशंसा गरे । उनीहरूविरुद्ध लागेको आरोपको व्यवस्थापन गरेकोमा फ्लिनलाई ट्रम्पले नायकको संज्ञा दिए ।