ओबामाको चेतावनी: जनताले सबै च्यातेर फाल्न सक्छन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ओबामाको चेतावनी: जनताले सबै च्यातेर फाल्न सक्छन



वाशिङटन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका राष्ट्रपति पदका सम्भावित उमेदवारप्रति लक्षित गर्दै वास्तविकतामा आधारित बाहेकका नीति भन्दै नहिंड्न चेतावनी दिएका छन् । उनीहरुले त्यसो भनेमा डेमोक्र्याट मतदातासमेत भड्किन सक्ने भन्दै ओबामाले सचेत गराएका हुन् ।

पूर्वराष्ट्रपति ओबामा एक फन्ड रेजिङ्ग कार्यक्रमलाई सम्बोधन गर्दै थिए । उनले सबै मतदाता प्रणालीलाई च्यातेर फाल्न रुचाउने खालका नहुनेसमेत जनाए । ओबामाले कसलाई राष्ट्रपति पदको उमेदवारको रुपमा समर्थन गर्छन् भन्ने कुरा खुलिसकेको छैन ।

अहिले डेमोक्रयाटका तर्फबाट १८ जनाले दाबी गरिरहेका छन् । अर्कातर्फ रिपब्लिकनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले नै सन् २०२० को चुनावमा उमेदवारी दिँदैछन् । ओबामाले वाशिङटनमा आयोजित कार्यक्रममा कुनै सम्भावित उमेदवारको नाम पनि लिएनन् र कुन नीतितर्फ उनको संकेत हो भन्ने पनि बताएका थिएनन् ।

उनले स्वास्थ्य र अध्यागमनको विषयमा ध्यान दिन उमेदवारहरुलाई आग्रह गरेका थिए । डेमोक्र्याट पार्टीका ‘लेफ्ट’ विचारधाराप्रति आकर्षित केही उमेदवारतर्फ उनले संकेत गरेको हुन सक्ने अनुमान गरिएको छ । (बीबीसी)