भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपनि नेपालमा घट्दैन: आयल निगम - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपनि नेपालमा घट्दैन: आयल निगम



नेपाल आयल निगमले अहिलेकै स्थितिमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आए पनि मूल्य घटाउन नसकिने जनाएको हो ।

लामो समय घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको भन्दै निगमले तत्काल मूल्य नघट्ने जनाएको हो ।

यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी)सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिति रहेको निगमको भनाइ छ ।

यसैगरी, भारतबाट १६ जुलाईमा प्राप्त मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ र डिजेलमा प्रतिलिटर २१.९२ रुपैयाँ घाटा रहेको थियो ।

जुन १ अगस्टमा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २.७८ रुपैयाँ नाफा र डिजेलमा प्रतिलिटर ९.३७ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।

यस्तै, यही अगस्तमा आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर पाँच सय रुपैयाँ घाटा रहेको बताइएको छ ।

यस हिसाबले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ र मासिक १ अर्ब २७ करोड घाटा हुने निगमले जनाएको छ ।

सोहीकारण, अहिलेकै स्थितिमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।