आयल निगमका पदाधिकारीले नै इन्धनको कालोबजारी गरेपछि… - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

आयल निगमका पदाधिकारीले नै इन्धनको कालोबजारी गरेपछि…



काठमाडौं । इन्धनमा कालोबजारी गरेको भन्दै नेपाल आयल निगमका सञ्चालक समितिका पदाधिकारीहरुविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दिएको छ ।

मञ्चले निगमका प्रवन्ध निर्देशक तथा सञ्चालक समितिका सदस्य उमेश थानी समेतका सञ्चालकविरुद्ध जाहेरी दर्ता गरिएको जानकारी दिएको छ ।

ब्यूरोले जाहेरी दर्ता गर्दै अनुसन्धान अघि बढाइने जनाएको छ । इन्धनमा २० प्रतिशतभन्दा बढी नाफा राखेर कालोबजारी गरेको भन्दै मञ्चले जाहेरी दर्ता गराएको हो ।

मञ्चका तर्फबाट सचिव तथा अधिवक्ता जयप्रसाद पौडेलले जाहेरी दर्ता गराएका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा आन्तरिकतर्फ १४१ रुपैयाँ १९ पैसामा खरिद गरी प्रतिलिटर ४८ रुपैयाँ ८१ पैसा नाफा राखेर १९० रुपैयाँमा बेच्ने गरेको छ ।

त्यस्तै बाहृयतर्फको हवाई इन्धन ११७ रुपैयाँ ७१ पैसामा किनेर ९९ रुपैयाँ ५३ पैसा नाफा राखी २१७ रुपैयाँ २४ पैसामा बिक्री गर्दै आएको छ ।