आयल निगम प्रकरण : खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आयल निगम प्रकरण : खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल



भदौ २७, काठमाडौं-

नेपाल आयल निगमका उच्च अधिकारी र निगम सञ्चालक समितिले अनुचित लाभ लिने उदेश्य राखी ईन्धन भण्डारणका लागि जग्गा खरिद गरेको ठहर गर्दै संसदीय

समितिले उनीहरुमाथि प्रचलित कानुन बमाोजिम कारबाही गर्नुपर्ने प्रतिवेदन तयार गरेको छ ।

निगमले ईन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापपा र सर्लाहीमा जग्गा खरिद गर्दा जग्गाधनीले पाएको मुल्यभन्दा चार गुणासम्म बढी मुल्य तिरेर निगमलाई अत्यधिक ब्ययभार पारेको प्रतिवेदन संसद्को उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको सोमबारको बैठकले पारित गरेको हो ।

खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल 
जग्गा खरिद घोटालामा संलग्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का लगायतका उच्च अधिकारीमाथि कारबाही नगर्न संसदीय समितिमै चलखेल भएको छ ।
इन्धन भण्डारण गर्ने जग्गा खरिदमा चार गुणा महंगो मुल्यतिरेर भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।
यो खबर आजको नागरिकमा छ ।