आयल निगममा पत्रकारलाई निषेध ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आयल निगममा पत्रकारलाई निषेध !



 

३१ साउन, काठमाडौँ ।

नेपाल आयल निगमको कार्यालयमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सर्वसाधारण र व्यापारी-व्यवसायीलाई खुरुखुरु जान दिएको छ भने पत्रकारलाई प्रवेशमा कडाइ गरिएको छ ।

आपूर्ति बिट हेर्ने पत्रकारलाई निगमका सूचना प्राप्त गर्न यस्तो अंकुश लगाइएको हो । निगमले विगत १० दिन देखि पत्रकारको प्रवेशमा कडाई गरेको हो ।

भित्र जान खोज्ने पत्रकारलाई २ बजे सम्म गेटपालेले गेटबाहिर नै राख्ने गरेका छन् ।

यसअघि पत्रकारलाई निगम प्रवेशमा यस्तो अंकुश लगाइएको थिएन ।

“हामीलाई माथिको आदेश नै यस्तो छ । २ बजेअघि कुनै पनि पत्रकारलाई भित्र नपठाउनू भन्ने निर्देशन हामीलाई छ ।” खटिएका कर्मचारीले यस्तो भने ।

निगमले सातै प्रदेशमा विस्तार गर्न लागेको पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदका सम्बन्धमा अनियमितता भएको समाचारहरू सार्वजनिक भएपछि निगम पत्रकारमाथि यसरि जाइलागेको हो ।

जग्गा खरिदका सम्बन्धमा अनियमितता भएको पुष्टि व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले गरिसकेको छ । उक्त विषयमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।