ओली महोदय, कांग्रेस र पत्रकारलाई गालि गरेर ६ करोड लुक्दैन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओली महोदय, कांग्रेस र पत्रकारलाई गालि गरेर ६ करोड लुक्दैन



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ करोडको घोटालाप्रति आफ्नो बचाउ प्रयास गरेका छन् । मंगलबार युवा संघका अगुवा कायकर्ताको प्रशिक्षणमा बोल्दै ओलीले आफ्नो बचाउ प्रयास गरेका हुन् ।

बोल्दै गर्दा धेरै पल्ट अत्तालिएका, बोलि प्रस्ट निकाल्न नसकेको प्रस्ट हुने गरि आफ्नो बचाउ प्रयास गरेका ओलीले केहि मिडियालाई लक्षित गरेर कटाक्ष पनि गरेका थिए ।

पटक पटक कांग्रेसलाइ लक्षित गरेर तुच्छ ब्याबहार पनि देखाएका थिए, “यो सबै अधिनायकबादी कांग्रेसले रचेको चाल हो” उनले भने । ६ करोडको बिषयलाई लिएर उनले मिडियाको बिरोध पनि गरे ।

“यो कांग्रेसकै प्रचार हो,” ओलीले भने, “बेइमानी निराधार कुरा र समाचार हो । त्यसस्तरको घटिया पत्रकारिता नगर्नुस् । एमाले त्यस्ता पैसाको कारोबार गर्दैन । यो भन्दै गर्दा ओलीको अनुहार मलिन थियो, कुरा लुकाउन खोजे पनि आँखामा  र अनुहारमा लुकाउन नसकेको प्रष्ट हुन्थ्यो ।

यति भन्दै गर्दा ओलीले राज्यलक्ष्मी गोल्छा, मोरङमा टिकट बिक्री गरेको तथा अन्य प्रसङ्ग भने निकाल्न सकेनन । सुरुमा आक्रामक बनेर बोल्न सुरु गरेका ओली पैसाको बिषयमा भने डराएका देखिन्थे ।