ज्योतिषलाई हात हेराएर प्रधानमन्त्री हुने दिन गए: ओली - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ज्योतिषलाई हात हेराएर प्रधानमन्त्री हुने दिन गए: ओली



झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्योतिषीलाई हात हेराएर प्रधानमन्त्री हुने दिन गएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् ।

केही दिनअघि प्रधानमन्त्री देउवाले आफूलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुन्छस् भनेको भनेर दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले प्रधानमन्त्री बन्न जनताको मन जित्नु पर्ने बताए । ओली आफ्नै चुनवी क्षेत्रअन्तर्गत दमकमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाप्रति निकै आक्रामक बनेका थिए ।

वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अब जनताको मन जितेर वामपन्थी गठबन्धनले सरकार चलाउने बताए।