बाइडेनको सपथ लगत्तै अमेरिकी राजदूत बालुवाटारमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाइडेनको सपथ लगत्तै अमेरिकी राजदूत बालुवाटारमा



काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको राजदूत बेरीले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडेनले पदभार ग्रहण गरेपछि राजदूत बेरीले प्रधानमन्त्री ओलीसँग समसामयिक विषयमा छलफल गरेका हुन् ।

उनले भेटमा राष्ट्रपति बाइडेन प्रशासनले नेपाल तथा अन्य राष्ट्रसँग साझेदारी गर्न चाहेको बताएका छन् ।

‘अमेरिकामा बाइडेन नयाँ राष्ट्रपति भएको घोषणासँगै नयाँ राष्ट्रपतीय प्रशासनले नेपाल साथै अन्य राष्ट्रसँग कुनै एक्लो राष्ट्र मात्रैले जुध्न नसकिने जलवायु परिवर्तनदेखि कोभिड–१९ जस्तो विश्व स्वास्थ्य संकट जस्ता हाम्रा साँझा चुनौतीबारेमा छलफल गर्न मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटें’, उनले भनेका छन् ।

प्रधानमन्त्री अ‍ोलीले नवनियुक्त राष्ट्रपति बाइडेनलाई सफल कार्यकालको शुभकामना दिँदै अमेरिकासँग मिलेर काम गर्न चाहेको बताएका थिए ।