प्रधानमन्त्री ओली अब भागेर जाने कुनै ठाउँ छैन: माधव नेपाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्री ओली अब भागेर जाने कुनै ठाउँ छैन: माधव नेपाल



काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा ल्याउने प्रयास जारी रहेको बताएका छन् ।

सोमबार आफू निकट केन्द्रीय सदस्यहरुको भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीलाई बैठकमा ल्याउने प्रयत्न भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चाँडै नै स्थायी कमिटीको बैठक बोलाउने कुरामा आफू ढुक्क रहेको पनि नेता नेपालले बताए । नेता नेपालले स्थायी कमिटी बैठकमा आफूहरुको बहुमत भएको बताएका थिए ।

‘हामीसँग बहुमत छ, बहुमत पक्षले कहिले पनि पार्टी फुटाउने काम र गतिविधि गर्दैन । ओलीजीहरु अल्पमतमा हुनुहुन्छ, त्यसैले फुटलाई प्रश्रय दिनेगरी गतिविधि गर्नुहुन्छ भन्ने मलाई विश्वास छैन,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यतले भने ।

बैठकलाई लम्ब्याउँदा समस्या समाधान नहुने भन्दै उनले प्रधानमन्त्री अ‍ोली बैठकबाट भाग्न नसक्ने बताएका छन् ।

‘हामी अन्तिमसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठकमा ल्याउने प्रयत्न गर्छौं । प्रधानमन्त्री ओलीजी बैठकबाट भाग्न सक्नुहुन्न’, नेता नेपालको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

नेता नेपालले भेलामा प्रधानमन्त्री ओली अब भागेर जाने कुनै ठाउँ नभएको समेत बताएका थिए ।