माधव नेपाल निस्किए लगत्तै फेरि शीतल निवास पुगे प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

माधव नेपाल निस्किए लगत्तै फेरि शीतल निवास पुगे प्रधानमन्त्री ओली



काठमाडौं- बैसाख २७ मा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता बढाएका छन् । पार्टीभित्र नै स्थायी प्रतिपक्षीको भूमिकामा रहेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहले जसरी पनि ओलीलाई असफल बनाउने भन्दै लागेपछि ओलीलाई हम्मेहम्मे परेको छ ।

विवादले उग्ररूप लिइरहेका बेला एमालेका शीर्ष नेताको पनि दौडधुप तीव्र बनेको छ । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालले दौडधुप म्याराथन जस्तिउ बनेको छ ।

विहीबार साँझ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति भेटेर राष्ट्रपति भेट्न शीतल निवास पुगेका नेता नेपाल शितलनिवासबाट बाहिरी लगत्तै प्रधानमन्त्री ओली शितल निवासमा पुगेका छन् ।

नेता नेपाल शीतल निवासबाट बाहिरिए लगत्तै उनी पुगेको स्रोतले बताएको छ । प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठक जारी हुँदाहुँदै शितल निवास पुगेको बुझिएको छ ।

बिहिबार मात्रै प्रधानमन्त्री दोश्रो पटक राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । ओलीले बिहान एमालेको आकस्मिक स्थायी समिति बैठक सकेर सिधै राष्ट्रपति भेट्न पुगेका थिए ।