प्रधानमन्त्री बिरुद्ध पनि भ्रष्टाचारको मुद्दा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्री बिरुद्ध पनि भ्रष्टाचारको मुद्दा



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता भएको छ ।

प्रधानमन्त्री ओलीसहित निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध नेपालगञ्जका प्रेमबहादुर शाही र हेटौंडाका आनन्दराम पौडेलले अख्तियारमा उजुरी हालेका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै शाही र पौडेलले कारबाहीको मागसहित दिएको उजुरी आइतबार अख्तियारले दर्ता गरेको छ ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएर सञ्चार मन्त्री बाँस्कोटाको अडिओटेप सार्वजनिक भएपछि गत बिहीबार उनले राजीनामा दिइसकेका छन् । सार्वजनिक अडिओमा बाँस्कोटाले ७४ करोड कमिसन डिल गरेको दाबी गरिएको छ ।

उजुरीमा प्रधानमन्त्री ओलीले उक्त अडिओ डेढ महिना पहिले नै सुनिसकेको भएपनि सो प्रमाण लुकाएर भष्टाचार उद्योग कार्यमा सहयोग पुर्याउन खोजिएको दाबीसहित छानविन गर्न माग गरिएको छ ।