पत्रकारले भाषा बिगारे - प्र.म. ओली - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पत्रकारले भाषा बिगारे – प्र.म. ओली



काठमाडौँ

मङ्गलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले नै भाषा बिगारेको आरोप लगाएका छन्।  पत्रकारहरूले आदरार्थी शब्द प्रयोग नगरेको भन्दै आक्रोश पोखेका थिए।

उनले भने, “सञ्चार जगतलाई म भन्न चाहन्छु। सञ्चार लोकतन्त्रको एउटा पिलर हो। त्यसैले राज्यको चौंथो अङ्ग भनिन्छ; हाम्रो टेलिभिजनले कसैलाई तपाईँ भन्नै जान्दैन। तपाईँ भन्ने नेपाली शब्दको भाषै हराइसक्यो। बाउलाई पनि तिमी, हजुरबालाई तिमी, हजुरआमालाई पनि तिमी। यो त नेपाली संस्कृतिभित्र पर्दैन।”
आफूले यस्तो भन्दा अन्य कतिपयलाई मन नपर्ने पनि उनले बताए। स्थापित सञ्चारमाध्यमले पनि सामाजिक सञ्जाललाई पछ्याउनतिर लाग्ने हो भने कस्तो समाज सिर्जना गर्छौँ भन्ने प्रश्न ओलीको थियो।