बैठकमा निकै चिन्तित देखिए प्रधानमन्त्री - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बैठकमा निकै चिन्तित देखिए प्रधानमन्त्री



काठमाडौं- मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण बाहिर जान लागेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । अवस्था भयावह बनेको भन्दै मन्त्रीहरूलाई प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि समन्वय गर्न सात प्रदेशका लागि तोकिएका संघीय सरकारका मन्त्रीलाई प्रभावकारी समन्वयन गर्न समेत प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका कारण देश गम्भीर स्थितिमा पुगेको भन्दै चिन्ता ब्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले आमजनताको जनजीवन तहसनहस बन्दै गएको भन्दै प्रभावकारी काम गर्न निर्देशन दिएको एक मन्त्रीले बताए ।

अब पनि रणनीति बनाएर काम गर्न नसकेको खण्डमा कोरोना संक्रमण भयावह हुने भन्दै ओलीले बाहिरबाट मेडिकल सामग्री र खोप छिट्टै खरिद गर्ने पनि निर्देशन दिएक थिए ।