प्रधानमन्त्रीको कोरोना टिप्स: तातोपानी खाने हो, कोरोना उडाउने हो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्रीको कोरोना टिप्स: तातोपानी खाने हो, कोरोना उडाउने हो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनालाई तातोपानी खाएर उडाइदिनुपर्ने बताएका छन् । राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कोरोनालाई तातोपानी खाएर उडाइदिनुपर्छ ।”

प्रतिनिधिसभामा सांसदरूलाई कोरोना टिप्स दिँदै उनले नेपालीहरूको खानेकुरा खाने तौरतरिका र भान्छाका कारण रोग प्रतिरोधी क्षमता दह्रो रहेको बताएका थिए ।

राष्ट्रियसभामा पनि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले कोरोनाले छोयो भन्ने बित्तिकै नमरिने बताउँदै तातोपानी खाएर निको हुने दाबी गरे । उनले आत्मविश्वास दह्रो भए कोरोना आफैं पराजित हुने पनि टिप्स दिए । “कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो, लाग्यो भने, हाच्छिउँ गर्नुपर्छ । तातोपानी खाएर निको पार्छ भन्ने सोच्नुपर्छ । कोरोनाले लाँदैन भन्ने सोच्नुपर्छ । उच्च मनोबल राख्नुपर्छ,” उनले भने ।

प्रधानमन्त्री ओलीले सरकार काममा भएका बेला कसैलाई हिसाब चाहिएको भन्दै व्यंग्य समेत गरेका छन् ।

“जनप्रतिनिधि काममा लागेका छन्, त्यता ध्यान छैन । कामप्रतिको प्रशंसा छैन । तर दैनिक हिसाब किताब चाहिएको छ । खोइ पैसा ? भनिएको छ,” प्रधानमन्त्रीको भनाइ थियो, “१० अर्बको हिसाब एक एक गरी महालेखामा हुन्छ । हरेक व्यक्तिले हेर्न सक्छ ।’ उनले भने ।

उनि यतिमै रोकिएनन, अगाडी भने, ‘म बाहेक सबै भ्रष्ट छन् भन्ने ठान्न भएन । यो देशमा भ्रष्टबाहेक कोही जन्मिदैन भन्न भएन । सरकारमा बसेकालाई जसरी पनि बदनाम र चरित्रहत्या गर्ने नियत पनि राख्नुभएन ।”