देउवालाई ओलीको फोन: के भयो छलफल ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

देउवालाई ओलीको फोन: के भयो छलफल ?



काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेका छन् ।

पछिल्लो चुनावी परिणामपछि बिहीबार दिउँसो ओलीले देउवालाई निर्वाचन जितेको भन्दै बधाई र शुभकामना दिएका हुन् ।

दुई नेताबीच केहीबेर फोन सम्वाद भएको बताइएको छ । ओलीले बधाई दिएपछि देउवाले पनि निर्वाचन जितेकोमा बधाई दिएका थिए ।

पछिल्लो चुनावी परिणामले आफुहरू चिन्तित भएको एकार्काले फोनमा बताएका थिए । सम्वादको क्रममा देउवा र ओलीले एकअर्कालाई भोलि मिलेर अगाडि बढ्न सक्ने संकेत दिएको बताइएको छ ।