प्रचण्डलाई देउवा र ओलीले गरे नयाँ प्रस्ताव - Himal Post Himal Post
  • १७ मंसिर २०७९, शनिबार
  •      Sat Dec 3 2022

प्रचण्डलाई देउवा र ओलीले गरे नयाँ प्रस्ताव



काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् ।

बिहीबार फोन गरेका ओलीले चुनाव जितेकोमा बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यसअघि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रचण्डलाई फोन गरेका थिए । गठबन्धनलाई मजवुत बनाउने कुरा भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

“एमाले अध्यक्षले चुनाव जितेकोमा फोन गरेर बधाई दिनुभएको छ । त्यसअघि देउवाले हिजो फोन गरेर गठबन्धनलाई बलियो बनाउने कुरा भएको हो,” प्रचण्डको सचिवालयले भन्यो ।

अघिल्लो पटकको निर्वाचनमा एमाले र माओवादी गठबन्धन गरेर चुनावमा होमिएका थिए । यसपटकको निर्वाचनमा माओवादी सत्तारुढ गठबन्धनमा रहेर चुनावमा होमिएको थियो ।