ओली देउवा बीच सुटुक्क सहमति भएको प्रचण्डको खुलासा ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ओली देउवा बीच सुटुक्क सहमति भएको प्रचण्डको खुलासा !



चितवन । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार बेलुका केही बिषयमा सुटुक्क सहमति भएको छ । यसअघिसम्म एक अर्कोलाई कटाक्ष गरिरहेका प्रधानमन्त्री ओली र सभापति देउवाबीच केही बिषयमा सँगै अगाडि बढ्ने सहमति भएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले ओदी प्रधानमन्त्र भएदेखि नै सरकारको विरोध गर्दै आएको छ । कांग्रेसले सरकार ढाल्ने उदेश्यले विभिन्न अभियान समेत संचालन गरिरहेको छ । सभापति देउवाले सरकारको हरेक कार्यको कडा आलोचना गर्दै आउनु भएको छ । देउवाले पछिल्लो पटक कर्मचारी समयोजनको बिषयलाई लिएर सरकारको कटाक्ष गर्नु भएको छ ।

त्यस्तै सरकारलेले केही राम्रा काम गर्दा समेत प्रमुख प्रतिपक्ष कांग्रेस र सभापति दृउवाले निरन्तर विरोध मात्रै गरेपछि प्रधानमन्त्री ओलीले पनि त्यसको जवाफ दिन थाल्नु भएको छ । प्रधानमन्त्री ओलीले आइतबार संसदमा बिशेष सम्बोधन गर्दै सरकारले १० महिनाको अवधिमा सरकारले गरेका कामबारे बेलिबिस्तार लगाउनु भयो ।

सरकारले गरेका काम प्रस्तुत गर्ने क्रमममा प्रधानमन्त्री ओलीले प्रतिपक्षप्रति कटाक्ष समेत गर्नुभयो । प्रधानमन्त्रीले कडा आलोचना गरेपछि सम्बोधन लगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले सदमा बोल्न खोजे तर उनीहरुले बोल्न पाएनन । त्यही बिषयमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की नै पर्यो । विवाद भएपछि संसद बुधबारसम्मको लागि स्थगित भयो । यसरी सत्ता र प्रतिपक्ष चर्काचर्को भएको भोलि पल्टै प्रधानमन्त्री ओली र सभापति देउवाबीच सहमति भएको हो ।

सत्ता र प्रतिपक्षबीच भएको सहमतिबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार खुलासा गर्नुभएको छ । ‘विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र विपक्षीसँगै अगाडि बढ्ने सहमति भएको छ’ जिल्ला समन्वय समितिको मंगलबारको बैठकमा उहाँ भन्नुभयो, ‘सत्ता र प्रतिपक्षका नेताहरुले सोमबार त्यस्तो सहमति गरेको हो । तपाईहरु के नठान्नुहोला भने माथि खिचातानी छ कि भन्ने ? तर त्यसो होइन, प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, म लगायत वरिष्ठ नेताको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने सहमति भएको छ ।’

जिल्ला तहमा पनि जनप्रतिनिधि एक ठाउँमा बसेर पुनःनिर्माण र विकासका मुद्दामा छलफल गर्न उहाँले सुझाव दिनुभयो । अध्यक्ष दाहालले भूकम्प प्रभावितलाई ऐलेनी र वनको जग्गामा पुनःनिर्माणमा परेको समस्या समाधान गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने बताउनुभयो ।