प्रधानमन्त्री ओलीको दिनदिनै डायलसिस - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रधानमन्त्री ओलीको दिनदिनै डायलसिस



काठमाडौँ, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार आठौं पटक डायलसिस गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार भर्ना भएयता यो चौथो डायलसिस हो । त्यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो ।

प्रधानमन्त्रीलाई सम्भावित संक्रमणको जोखिमबाट जोगाउन अझै आईसीयूमै राखिएको छ । उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन् । ‘एपेन्डिसाइटिस’ सहित ‘पेरिटोनाइटिस’ पेटको संक्रमण देखिएपछि छ दिनअघि प्रधानमन्त्री ओलीलाई आकस्मिक रूपमा सेन्टरमा लगेर शल्यक्रिया गरिएको थियो ।

स्रोतका अनुसार आइतबार प्रधानमन्त्री ओलीको पेट सामान्य दुखेको थियो । ‘पेटमा शल्यक्रिया गरिएकाले घाउ दुख्नु सामान्य हो,’ उपचारमा संलग्न एक चिकित्सकले भने । उनको आइतबार अल्ट्रासाउन्ड पनि गरिएको थियो । उनलाई बिहान हिँडडुल गराइएको थियो । संक्रमणको जोखिमका कारण केही दिन आईसीयूमै राखेर प्रधानमन्त्री ओलीलाई निवास पठाउने रणनीति रहेको एक चिकित्सकले बताए । कान्तिपुर दैनिकमा खबर छ