फेरि प्रचण्डमाथि खनिन थाले ओली - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

फेरि प्रचण्डमाथि खनिन थाले ओली



काठमाडौँ । सत्ता साझेदार प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएर राष्ट्रिय दिवसको रुपमा मनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आफ्नो जन्मदिनको अवससरमा ओलीको निजी निवास भक्तपुरको बालकोटमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो,’ उनले भने, ‘र त्यसलाई फेरिदेखि राष्ट्रिय दिवसका रुपमा मनाउने भनेर क्यालेन्डरमा राख्नेसमेत दुःखद् निर्णय गर्यो । त्यसले हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरो सही होइन । सरकारले किन त्यो गर्यो । आकस्मिक रुपमा त्यो किन गर्नुपर्यो । आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमा मण्डन गर्नुपर्यो, त्यो मैले पनि बुझेको छैन । यसले फेरि सम्झिसझिकन हिंसाप्रतिको पुरानो लगात सम्झिए जस्तो मात्र लाग्छ मलाई । जे होस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन । नेपाली जनता परस्परमा लड्ने लडाउने कुरालाई स्वीकार्न सकिँदैन । हिजो पनि सकिँदैनथ्यो । आज पनि सकिँदैन । भोलि पनि सकिँदैन ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालले असहिष्णु र निषेधको राजनीतिलाई पराजित गरेको बताएका छन् ।

नेपालले संविधान जारी गरेर पनि निषेधको राजनीतिलाई पराजित गरेको बताए । उनले बुद्धले शान्तिको प्रवर्तन गरेको भन्दै बुद्धको देशमा हिंसा स्वीकार्य नहुने बताए ।