ओली फेरी सिङ्गापुर जाँदै: यस्तो छ तयारी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओली फेरी सिङ्गापुर जाँदै: यस्तो छ तयारी



काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली फेरी सिङ्गापुर जाने भएका छन् । स्वास्थ्य उपचारकै क्रममा उनि सिङ्गापुर जाने निधो भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली केहि सोमबार मात्र सिङ्गापुरबाट स्वास्थ्य उपचार गरि स्वदेश फर्किएका हुन् ।

उनकोको स्वास्थ्य अवस्थाबारे हल्ला फैलिएको बेला यस्तो खुलासा भएको हो । केही मिडियामा उनी साह्रै बिरामी परेको र फेरि सिंगापुर जान लागेको समाचार आए।

दिउँसोमात्रै प्रधानमन्त्रीलाई ज्वरो आएकाले नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक रोकिएको थियो।

स्रोतका अनुसार सिङ्गापुरको अस्पतालले नयाँ औषधि चलाएको र त्यसको असरबारे फलोअपका लागि उनि जान लागेको बताइएको छ । यधपी मिति भने तय नभएको स्रोतले बताएको छ ।