सत्ता गठबन्धनले राजतन्त्र फर्काउन लागिपरेको छ- केपी ओली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सत्ता गठबन्धनले राजतन्त्र फर्काउन लागिपरेको छ- केपी ओली



काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले राजतन्त्र फर्काउने प्रयास गरेको बताएका छन् ।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सत्ता गठबन्धनमा आवद्ध दलहरुले राजतन्त्र फेरि ल्याउने प्रयास गरिरहेकाे दावी गरेका हुन् ।

‘हाँडी घोप्टे जस्ताले देश चलाएकाले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा सचेत रहनुहोला । प्रतिकृयावादी शक्तिहरूसँग साठगाँठलाई तोड्नुपर्छ,’ उनले भने ।

अध्यक्ष ओलीले देशको विकास र निर्माणमा नेकपा एमाले मात्रै लागेको बताए । देशको विकास गर्ने पार्टीलाई जिताउन उनले आग्रह गरे । ‘देश विकास र निर्माण अभियानमा एमाले लागेको छ ।, त्यसैले विकास गर्ने पार्टीलाई जिताउनुहोस्’, अध्यक्ष ओलीले भने ।