यो देश गठबन्धनको पेवा होइन: केपी शर्मा ओली - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यो देश गठबन्धनको पेवा होइन: केपी शर्मा ओली



काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले यो देश गठबन्धनको पेवा मात्रै नभएको टिप्पणी गरेका छन्।

बुधबार दिउँसो झापाको बिर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले भने, ‘बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ।’

एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उनको आरोप थियो। उनले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गरे।

उनले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगतलाई आह्वान गरेका छन्।

देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको बताएका छन्।

अध्यक्ष ओलीले सञ्चारकर्मीले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्य लेखिदिन आग्रह गरे।

पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगतले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्ने उनको जोड थियो।