ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । ओली चढेको सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

पार्टी कार्यक्रमका सोमबार दिउँसो लागि रौतहटको गौर जान उडेको सो हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको बताइएको छ ।

हेलिकप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार थिए । मौसम सुधार नभएपछि अध्यक्ष ओली आधा घण्टापछि स्थालमार्ग हुँदै रौतहट गएका छन् ।

वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ ।