प्रधानमन्त्री ओली फेरि अस्पतालमा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रधानमन्त्री ओली फेरि अस्पतालमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हेमोडायलासिस गराउन अस्पताल पुगेका छन् । आज साँझ उनी मनमोहन कार्डियो भास्कुलर तथा थारोसिस सेन्टर पुगेका हुन् । उनको मिर्गौलामा समस्या आएकोले उनी पछिल्लो समय हेमोडायलासिस गराईरहेका छन् ।

ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । शल्यक्रिया गरेको १० दिनपछि १९ गते डिस्चार्ज भएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित डायलाइसिसका लागि अस्पताल गएको बताए । उनले भने,’नियमित डाइलासिसका निम्ति साँझ मनमाेहन सेन्टर महाराजगन्ज जानुभएकाे छ । उहाँ आजै निवास फर्कनुहुनेछ ।’