भारतीय टिभीमा प्रधानमन्त्रीले भने: राष्ट्र सानो ठूलो हुँदैन, भारत बोस होइन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भारतीय टिभीमा प्रधानमन्त्रीले भने: राष्ट्र सानो ठूलो हुँदैन, भारत बोस होइन



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने बताएका छन्।

सोमबार भारतीय टेलिभिजन जीन्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हैसियत भएको स्पष्ट पारेका छन्।

पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिँदै ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए।

उनले भारत र चीनको वार्ताका लागि मध्यस्थता गर्ने बताएका छन् । भारतीय सन्चारमाध्यम जी न्युजमा सुधिर चौधरीसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

उनले भारत र चीनबीच नेपालले सौहार्द सम्बन्ध भएको हेर्न चाहेको बताएका छन् ।

अन्तर्वार्तामा उनले भारतले आफूलाई पहिले नै सम्झिएको थियो भने आफूलाई बोस नसम्झिने बताएका छन् । अन्तर्वार्ताकारलाई उनले यस्तो नहुने पनि बताए ।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको पनि स्पष्ट सन्देश दिएका छन्। उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए।

उनले दुई देशका प्रधानमन्त्री भएपछि कोही पनि सानो र ठूलो नहुने बताएका छन् । उनले देशका प्रधानमन्त्रीको अवस्था र सम्बन्ध एउटै हुने पनि बताएका छन् ।