ओलीको जवाफ: संसद विघटन जायज थियो, फेरि गरेपनि जायज नै हुन्छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओलीको जवाफ: संसद विघटन जायज थियो, फेरि गरेपनि जायज नै हुन्छ



काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले २ पटक गरेको संसद विघटनको बचाउ गरेका छन् ।

आइतबारको केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष ओलीले ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन नसक्ने भन्दै आफ्नो गलत कदमको बचाउ गरेका हुन् ।

‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो’, अध्यक्ष ओलीले भने, ‘ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’ त्यस्तै अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकता सोचि विचारी नै गरेको पनि बताए ।

‘माओवादीसँगको एकता सोचिविचारी नै गरेको हो । तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन’, अध्यक्ष ओलीको भनाइ छ ।

यसअघि एमाले बैठकमा समूहगत रुपमा तीन दस्तावेजमाथि भएको छलफलमा संसद विघटन, पार्टी एकता कायम रहन नसक्नु जस्ता विषय राजनीतिक प्रतिवेदनमा प्रस्ट नआएको भन्दै प्रश्न गरेका थिए ।