सरकारले भन्यो: केपी ओली झुट बोले - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सरकारले भन्यो: केपी ओली झुट बोले



काठमाडौँ- सरकारले एमाले अध्यक्ष केपी ओली झुट बोलेको बताएको छ ।

ओलीले बताए अनुसार गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको सरकारले स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही सञ्‍चार माध्यममा केपी ओलीको गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी गोपनीयताप्रति हस्तक्षेप गरेको भन्‍ने समाचार निराधार भएको बताएका हुन् ।

उनले यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गरेका छन् । साथै प्रवक्ता कार्कीले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा सम्वर्द्धन गर्न प्रतिवद्ध रहेको पनि बताए ।