रवी लामिछानेमाथि ओलीले कटाक्ष- जानुपर्ने बाटो थाहा छैन, घण्टी बजाछन् हिँड्या छन् - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रवी लामिछानेमाथि ओलीले कटाक्ष- जानुपर्ने बाटो थाहा छैन, घण्टी बजाछन् हिँड्या छन्



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माछामा भोट मागेका छन् । सोमबार चितवन –३ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसबाट वागी उम्मेदवारी दिएका दिनेश कोइरालाको चुनाव चिह्न माछामा भोट मागेका हुन् ।

अरू स्वतन्त्र उम्मेदवारजस्तो दिनेश कोइराला नभएको भन्दै उनले भने, ‘यस ठाउँमा हामीले दिनेश कोइरालालाई समर्थन गरेका छौ । उहाँ राजनीति गरेर आएको मान्छे हो, नारायणीको किनार माछा चिह्न ।’

‘मैले सुनेको छु यस क्षेत्रमा अनेक थरी मान्छे उठेका छन् । कोही बिरामी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएछन् । कोही टेलिभिजनमा समाचार भन्नुपर्ने त्यो छोडेर यता आएछन् । कोही के गर्नुपर्ने हो ? कता जानुपर्ने हो बाटो थाहा छैन, घण्टी बजाछन् हिँड्या छन् । कता हो कता ? दिनेशजी त्यस्तो होइन’, ओलीको भनाइ छ ।

उनले क्षेत्र नम्बर १ का सुरेन्द्र पाण्डे पनि एक समय अलमलमा परेको तर अहिले समालिएर ठेस नलाग्नेगरी हिँडेको बताए । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार कोइरालालाई समर्थन गरेको छ