ओली सरकार शाहीसत्ता भन्दा खतरा: देउवा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ओली सरकार शाहीसत्ता भन्दा खतरा: देउवा



जनकपुरधाम- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार शाही आयोग भन्दा खतरा भएको बताएका छन् ।उनले यो सरकारकै कार लोकतन्त्र र संघीयता खतरामा परेको पनि बताए।

लोकतन्त्रवादी र संघीयतावादीसँग मिलेर संघीयताका अवरोधकविरुद्ध कांग्रेस नेता तथा कार्यकर्तालाई एकजुट हुन उनले निर्देशन दिएका छन् ।

धनुषाको सबैलामा नेपाली कांग्रेसका नेता बलराम नायकको शनिबार आयोजित श्रद्धाञ्जलीसभा कार्यक्रममा सभापति देउवाले कम्युनिस्ट सरकारको क्रियाकलापले लोकतन्त्र र संघीयतामाथि खतरा बढ्दै गएकाले पार्टी एकजुट हुनुपर्ने र त्यसका लागि आन्तरिक मनमुटाब त्यागेर आ–आफ्ना स्तरबाट अघि बढ्नुपर्ने बताए ।

उनले केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले कानुन संशोधनको नाममा संघीयता मास्ने गरी प्रजातन्त्रमाथि आक्रमण गर्दै आइरहेको छ, यसले लोकतन्त्र मात्र होइन हजारौं जनताको बलिदानीबाट प्राप्त संघीयतासमेत समाप्त हुने खतरा बढ्दै गएकोमा सचेत गराए ।

सभापति देउवाले आयोग गठनमा सरकारले एकलौटी गर्दै आएको आरोप लगाउँदै ओली नेतृत्वको सरकारले शाही आयोग बनाउन खोजिरहेकाले त्यसलाई रोक्ने दायित्व आफूहरूको काँधमा आएकाले यसविरुद्ध लाग्न सचेत गराए ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाए ।

उनले भने, ‘सरकार सबै अधिकार सिंहदरबारमा राखेर आमनागरिकको लोकतान्त्रिक अधिकार खोसेर सर्वसत्तावाद लाद्न खोजिरहेको छ ।’ मधेसी जनतालाई सुन्नै नसक्ने ओली सरकारविरुद्ध एकजुट भएर अगाडि बढे मात्रै लोकतन्त्र र संघीयतालाई जोगाउन सकिने उनले बताए ।