ओलीलाई सिरहा र सप्तरी छिर्न प्रतिबन्ध,मोर्चाद्वारा लाठी जुलुस, - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ओलीलाई सिरहा र सप्तरी छिर्न प्रतिबन्ध,मोर्चाद्वारा लाठी जुलुस,



सिराहा, २२ फागुन ।

नेकपा एमालेले सुरु गरेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा मंगलबारका लागि तय भएको एमालेको आमसभालाई विफल पार्नका लागि मधेसी मोर्चा सिराहाले लाठी जुलुस निकाल्ने निर्णय गरेको छ ।

मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत अध्यक्ष केपी ओलीसहित एमाले शीर्ष नेताले राजविराजमा सम्बोधन गर्ने कार्यक्रम छ ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली जनविरोधी भएका कारण सिरहा र सप्तरी जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरिएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवको भनाइ छ ।

चुनावको मुखमा आएर मधेसको कुरा गर्ने र मधेस छिर्ने एमालेलाई मधेसबाट लखेट्न मधेसी जनता स्वतःस्फूर्तरुपमा सडकमा आउने मधेसी नेताहरु बताउँछन् । यसअघि मधेसी जनताले एमालेका नेताहरुलाई कालो मोसो दल्नुका साथै रौतहटमा नेता माधव नेपाल उपस्थित कार्यक्रम र जनकपुरमा नेता वामदेव गौतमको कार्यक्रममा अवरोध गरेका थिए ।

भोलि लहान, सिरहा, गोलबजार, मिर्चैया लगायतका मुख्य ठाउँहरुमा कालो झण्डासहित मोटरसाइकल ¥याली निकालिने निकाल्ने मोर्चाले जनाएको छ । सप्तरी मोर्चाले आज मुख्य बजार क्षेत्रहरुमा मसाल जुलुस र पर्सि जिल्लाभर चक्काजामका साथै लाठी जुलुस समेत निकाल्ने तयारी गरेको छ।

एमालेले भने मेची महाकाली जागरण अभियानले नेपाली जनतालाई जोड्ने काम गर्ने दावी गरेको छ । व्यवस्थापिका संसदमा दर्ता भएको मधेसका समेत माग समेटिएको संशोधन विधेयकको भने एमालेले बिरोध गरेको छ । एमालेकै बिरोधका कारण संविधान संशोधन हुन सकेको छैन । स्थानीय प्रशासनले कुनै दुर्घटना हुन नदिन उच्च सतर्कता अपनाएको छ ।