देउवा मोदीसंग गिडगिडाएर देशको शिर झुकाए: ओली - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

देउवा मोदीसंग गिडगिडाएर देशको शिर झुकाए: ओली



१०  भदौ, काठमाडौँ ।

५ दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले देशको शिर निहुरिएको केपी ओलीले बताएका छन् ।

ओलीले संविधान संशोधनलाई लिएर देउवा भारतीय समकक्षीसामू ‘गिडगिडाएको’ आरोप लगाए ।

छ महिनापछि नियमित उपचारका लागि बैकक प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले देउवाको चर्को आलोचना गरे ।
देउवाले मोदीलाई संविधान संशोधन गर्ने बचन दिएकोमा असन्तुष्टि जनाउँदै ओलीले भने, ‘संसदले गरेको फैसलालाई धज्जी उडाउनु भएको छ । गिडगिडाएर क्षमायाचनाको भाषामा भन्नु भएको छ, प्रभु मैले कोसिस गरेको थिएँ तर सकिँन ।’

देउवाले देशको स्वाभिमानको वास्ता नगरेको र असान्दर्भिक रूपमा संविधान संशोधनको विषय ल्याएको उनको आरोप छ । उहाँको हाउभाउ, अभिव्यक्ति, उहाँले प्रस्तुत गरेका विषयवस्तुले देशकै शिर निहुरिएको छ’ ओलीले भने ।