राप्रपा र जसपासँग एमालेको निर्णायक छलफल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राप्रपा र जसपासँग एमालेको निर्णायक छलफल



काठमाडौं – आगामी मंसिर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा नेकपा एमालेले सत्तारूढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तीब्रता दिएको छ ।

पाँच दलीय गठबन्धनमा आवद्ध जसपा नेपालसँग बिहीबार राति अबेरसम्म भएको वार्ता ‘निर्णायक अवस्था’मा पुगिरहेको बेला एमालेले आज अपराह्न १ बजे राप्रपासँग पनि ‘निर्णायक’ वार्ता गर्दैछ ।

दुवै पार्टीले तयार पारेको अनौपचारिक सहमतिलाई औपचारिक सहमतिमा टुंग्याउने गरी दुवै पक्षबीच निर्णायक वार्ता हुन लागेको हो ।

दुवै दलसँग यसअघि बिभिन्न चरणमा छलफल भएको र सम्भवतः शुक्रबार नै सहमतिको खाका सार्वजनिक गर्ने गरी वार्तालाई घनिभूत बनाइएको नेताहरूले जनाएका छन् ।