मोदीलाई ओलीले दिए तीन भाषामा जन्मदिनको शुभकामना - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मोदीलाई ओलीले दिए तीन भाषामा जन्मदिनको शुभकामना



काठमाडौं, भदौ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत मोदीलाई तीनवटा भाषामा शुभकामना व्यक्त गरेका हुन् । उनले अंग्रेजी, हिन्दी र गुजराती भाषामा मोदीलाई शुभकामना दिएका छन् ।

शुभकामनामा ओलीले मोदीको सुस्वास्थ्य, खुशीयालीपूर्ण जीवन र दीर्घायुको कामना गरेका छन् । उनले आपसी सहकार्यबाट नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई अझ मजबुत गर्दै जाने विश्वाससमेत व्यक्त गरेका छन् ।

मंगलबार मोदीको ६९ औं जन्मोत्सव हो ।