बास्कोटा काण्डमा प्रधानमन्त्री ओलीले मुख खोले - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बास्कोटा काण्डमा प्रधानमन्त्री ओलीले मुख खोले



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटा काण्डमा मुख खोलेका छन् ।

उनले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने दोहोर्‍याएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै ओलीले भन्नेमात्रै होइन, गरेरै देखाउने बताए ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरणमा पनि उनले कसैलाई ढाकछोप नगर्ने बताएका छन् ।

यो काण्डमा प्रधानमन्त्री ओलीले पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका हुन् । उनले कार्यक्रममा बोल्दै भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्‍याए ।

उनले आफूलाई पद धराप पर्ने धम्कीसमेत आएकाे भन्दै तर आफू त्यसबाट विचलित नहुने बताए ।