पुन: सत्तामा स्थपित हुन ओली नयाँ रणनीतिमा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पुन: सत्तामा स्थपित हुन ओली नयाँ रणनीतिमा



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुन: सत्तामा स्थपित हुन नयाँ रणनीति बनाएका छन् । पार्टी विभाजन भएपछि राजनीतिक रूपमा एमाले कमजोर भएको आंकलन गर्दै नयाँ रणनीति बनाएका हुन् ।

उनले राजनीतिक स्थिरताको आधार सुरुवात हुँदै गरेको समृद्धिको यात्रामा बिराम लागेको दावी गरेका छन् । ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा पार्टी सरकारबाट बाहिरिन परेपछि नयाँ युगतर्फको यात्रा पनि गन्तव्यहीन हुन पुगेको जिकिर गरेका छन् ।

उनले सामाजिक न्याय र समाजवादका आधार तयार गर्ने प्रयासलाई विफल बनाउने प्रयासहरु भइरहेको भन्दै देशलाई अन्योलतातिर धकेल्ने प्रयासहरु पनि भइरहेको उल्लेख गरेका छन् ।

यी प्रवृत्ति रोक्न पार्टीलाई राज्य सञ्चालनको केन्द्र भागमा पुनःस्थापित गर्नु अनिवार्य रहेको भन्दै उनले आगामी कार्यभारका रुपमा दुई मुख्य रोडम्याप बुँदागत रुपमा अघि सारेका छन् ।