ओलीको दम्भ अन्त्य गर्न नेपाल–खनाल मिलेर बनाए यस्तो रणनीति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओलीको दम्भ अन्त्य गर्न नेपाल–खनाल मिलेर बनाए यस्तो रणनीति



काठमाडौं, १ असार ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले भित्र आफ्नो गुटको राजनीतिक थलो बनाएको आरोप लागिरहेका बेला वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले विभिन्न दलका शीर्ष नेताहरूसँग परामर्श थालेका छन् । नेपाल र खनालले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग गोप्य रुपमा भेट गर्ने गरेका हुन् ।

उनीहरूले किन भेटघाट गरिरहेका छन् भन्ने विषयमा केही नबताए पनि ती भेटघाटले ठूलो महत्व राखेका छन् । ओलीले पार्टीलाई परिवारवादमा केन्द्रित गरेपछि बाध्य भएर अन्य दलहरूसँग बिगिएको सम्बन्ध सुधारका लागि नेपाल र खनालले पहल थालेका हुन् ।

स्रोतका अनुसार नेपाल र खनाल कांग्रेस, माओवादी केन्द्र र मधेस केन्द्रित दलहरूसँग विगिएको सम्बन्ध सुधारमा लागेका छन् । झण्डै एक वर्षदेखि एमाले ओलीका कारण एकलकाटे बन्दै आएको छ । नेपाल र खनालले सम्बन्ध सुधारको प्रयास गरेपछि ती दलहरूसँग वार्ता र सम्वाद हुन थलेका छन् ।
ओलीलाई धेरै नबोल्न नेपाल र खनालले सुझाव दिने गरेका छन् । तर, उनले आफ्नो छुद्र व्यवहारमा कुनै सुधार ल्याएका छैनन् । सोही कारण एमालेलाई ठूलो नोक्सानी हुँदैछ । ओलीका कारण एमालेले तराईका जिल्लाहरूमा उम्मेदवार नपाएर हैरानी व्यहोर्नु परेको छ ।

एमालेले उम्मेदवार बनाउन विभिन्न दलका नेताहरूलाई टिकट दिने सर्तमा धमाधम पार्टीमा भित्र्याई रहेको स्रोतको भनाई छ । टिकट दिँदा र आकर्षक लोभलालच दिँदा पनि एमालेप्रति खासै स्थानीयले रुची देखाएका छैनन् । ओलीलाई पनि यो कुराको राम्रो जानकारी छ ।

तैपनि ओलीले आफूलाई सुधार गर्नेतिर भन्दा पनि दम्भको राजनीति गरिरहेको आरोप एमालेका नेताहरूले लगाएका छन् । ओलीको दम्भ र घमण्डका कारण उपाध्यक्ष बामदेव गौतमले ओली गुट छाडिसकेका छन् । ओलीलाई शंकर पोखरेल, सुवासचन्द नेम्वाङ, भानुभक्त ढकाल, अग्नि खरेललगायत सानो समूहले बोक्दै आएको छ ।

नेपाल पानाबाट