प्रचण्डमाथि फेरि खनिए ओली, लगाए बेइमानको आरोप - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

प्रचण्डमाथि फेरि खनिए ओली, लगाए बेइमानको आरोप



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले इमान्दारिता देखाउन नसक्दा पार्टी विभाजन भएको आरोप लगाएका छन् ।

शुक्रबार च्यासलस्थित कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले आफूले कसैलाई पार्टीबाट ननिकालेको भन्दै प्रचण्डले एकताप्रति इमान्दारिता देखाउन नसक्दा कम्युनिष्ट पार्टी विभाजन भएको बताए ।

प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरेको र अध्यक्षमाथि आरोपको पुलिन्दा बनाएको उनको टिप्पणी छ । ओलीले आफूलाई पार्टीबाट निष्कासन गरेर पार्टी कब्जा गरेर प्रतिक्रियावादीको सेवामा अर्पण गर्ने काम प्रचण्डले गरेपनि त्यसबाट पार्टीलाई जोगाएको बताए ।

सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग गरेपनि एमालेको जनमत नघटेको दाबी गरे । १५ सालयता अहिलेजस्तो राज्यशक्तिको दुरुपयोग कहिल्यै नभएको उनको भनाइ छ । केही सिटमा पछि परेपनि आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने उनले जिकिर गरे ।

ओलीले समाजवादमा पुग्ने वैचारिक स्पष्टता एमालेमा मात्रै रहेको दाबी गरे ।