चुनावपछि प्रचण्ड राष्ट्रपति ओली प्रधानमन्त्री - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चुनावपछि प्रचण्ड राष्ट्रपति ओली प्रधानमन्त्री



गुल्मी ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले बाम गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाई मत ल्याएर देशमा स्थायी सरकार बन्ने दाबी गर्दै चुनावपछि प्रचण्ड र केपी ओली राष्ट्रपति र प्रधानमन्त्री बन्ने विष्टले बताएका छन् ।

मंगलबार गृहजिल्ला गुल्मीको सदरमुकाम तम्घाँसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता विष्टले देशको आवश्यकता र जनचाहना अनुसार गठबन्धन निर्माण भएको बताए । ‘अहिलेको बाम गठबन्धन कसैका विरुद्ध छैन्।’ विष्टले भने, ‘यो देशको आवश्यकता र जनचाहना अनुसार निर्माण भएको गठबन्धन हो ।’

गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका विष्टले बाम एकता अधिनायकवादका लागि नभई लोकतन्त्रलाई थप मजबुत पार्न रहेको दावी गरे ।