ओली, प्रचण्ड र नेपाललाई भेटेपछि वामदेवले भने: 'हामी सहमति नजिक छौँ' - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ओली, प्रचण्ड र नेपाललाई भेटेपछि वामदेवले भने: ‘हामी सहमति नजिक छौँ’



काठमाडौं- भर्खरै नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेसँगै वामदेव गौतम कम्युनिस्ट घटकहरूलाई एकत्रित गर्ने अभियानमा लागेका छन् । अहिले उनले राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।

यसै क्रममा नेता गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । गौतमले तीनजनै नेतासँग बिहीबार भेटवार्ता गरेका हुन् ।

उनले राजनीतिक भेटघाट जारी रहने समेत जनाएका छन् । ओली, प्रचण्ड र नेपालसँगको भेटवार्तापछि नेता गौतमले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने सवालमा सवै सहमति नजिक रहेको दावी गरेका छन् ।

बिहीबार तीन पार्टीका अध्यक्ष केपी ओली, प्रचण्ड र माधव नेपाललाई भेटेपछि गौतमले भेटघाटको उद्देश्य कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नु हो र सबैसंग सकारात्मक कुरा भएको बताएका छन् । गौतमले आफ्नो प्रस्तावमा ओली मौन रहेको तर अन्य दुई नेताले सकारात्मक जवाफ दिएको बताएका छन् ।

नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने सवालमा सबै जना सकारात्मक भएको र सहमति नजिक भएको गौतमले बताएका छन् । उनले अहिले धेरै कुरा आफुले नभन्ने भन्दै कम्युनिस्ट आन्दोलन एकतावद्ध बनाउनु सवैका लागि आवस्यक भएको प्रतिक्रिया दिए ।

नेताहरूसँगको भेटवार्तापछि गौतमले आफ्नो पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए ।