ओली-प्रचण्ड छलफल: राम, अयोध्या र चितवनको भाषणमै केन्द्रित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ओली-प्रचण्ड छलफल: राम, अयोध्या र चितवनको भाषणमै केन्द्रित



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बालुवाटारमा छलफल सकिएको छ ।

बालुवाटार स्रोतका अनुसार ओली प्रचण्ड बीचको गत बुधबारको छलफल भन्दा आजको छलफलमा केहि शुभ संकेत देखिएको छ । छलफल १२ बजेदेखि सुरुभई दिउँसो पौने २ सम्म भएको थियो।

मंगलबार भएको छलफलमा प्रधानमन्त्री ओलीले चितवनमा प्रचण्डले बोलेको बिषयलाई उठाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार काठमाडौंमा भन्न नसकेर चितवन पुग्नुभएछ नि भन्दै प्रचण्डलाई प्रश्न गरेका थिए । प्रचण्डले भने तपाईं प्रतिक्रियावादीका पछाडी धेरै लाग्नुभएको छ, पार्टी विभाजन गर्ने कुरा नसोच्नुस भन्दै जवाफ फर्काएका थिए ।

आजको बैठकमा पार्टीको विवादको बिषयमा छलफल कम भएको र अध्यक्षद्वय अन्य बिषयमा केन्द्रित बढी भएको बताइएको छ । थोरै समय भएको छलफलमा प्रधानमन्त्रीको राजिनामाबारे प्रचण्डले कुरा उठाएका थिए । ओलीले भने आफ्नो अडान कायम नै राखेका थिए ।

पार्टीभित्र आन्तरिक विवाद चर्किदै जाँदा शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक साउन २ गतेसम्म सरेको छ। स्थायी समिति बैठक स्थगित भएपछि प्रचण्ड शनिबार चितवन गएका थिए। सोमबार काठमाडौं फर्किएपछि प्रचण्ड मंगलबार भेटवार्ताका लागि बालुवाटार पुगेका हुन्।

प्रचण्डले सोमबार वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए भने मंगलबार बिहान उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेर बालुवाटार पुगेका हुन्। पार्टी भित्रको आन्तरिक विवादको विषय काठमाडौं पुगेर समाधान गर्ने प्रतिवद्धता मतदातासँग गरेर फर्किएका प्रचण्डले भेटघाटलाई तिब्रता दिएका हुन्।