ओली–प्रचण्डको वार्ता: निस्किएन कुनै निकास, झनै बढ्यो दुरी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ओली–प्रचण्डको वार्ता: निस्किएन कुनै निकास, झनै बढ्यो दुरी



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र उत्पन्न सङ्कट निवारणका लागि बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वान–टु–वान वार्ता सकिएको छ । लगातारको वार्ताबाट कुनैपनि निष्कर्ष निस्कन भने सकेको छैन ।

दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताको निष्कर्ष ननिस्किएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताएका छन् । नेकपाको स्थायी कमिटि बैठकबाट बहुमत सदस्यले प्रधानमन्त्री ओलीले सुवे पदबाट राजिनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् । तर, उनले कुनैपनि पद नछाड्ने ओलीको अडानको कारण पार्टी विभाजनको चरणमा पुगेको छ ।

पार्टी नै विभाजन हुने चरणमा पुगेपछि पार्टीको ब्यापक दवावका कारण दुवै अध्यक्ष मध्यमार्गी उपाय खोज्न छलफलमा जुटेका छन् । तर लगातार भएका छलफलबाट पनि केहि निकास निस्किन सकेको छैन । स्रोतका अनुसार दुवै अध्यक्ष आफ्ना अडानबाट टसमस भएका छैनन् ।

निर्णायक भनिएको आजको बैठकबाट पनि निस्कर्ष ननिस्किएपछि नेकपाभित्र विभिन्न अड्कलबाजीहरू भैरहेका छन् । कतिपय नेताहरूले प्रधानमन्त्री ओलीले पार्टी फुटाउने अन्तिम तयारी गरेकाले सहमतिमा आउन नखोजेको बताएका छन् भने कतिपयले प्रचण्ड ओलीलाई हटाउनैपर्ने दाउमा रहेकाले निष्कर्ष ननिस्किएको बताएका छन् ।

आजको बैठकपश्चात अब सहमतिको पहल हुन्छ कि हुँदैन, फेरी वार्ता बस्छ कि बस्दैन केहि जनाकारी गराइएको छैन यसले पार्टी पंति र कार्यकर्तामा थप संशय बढाएको छ ।

स्रोतका अनुसार निकास निस्किएला भन्दा दुई अध्यक्षबीच झन् झन् दुरी बढ्दै गैरहेकाले यसै हुन्छ भनेर अहिले आंकलन गर्न सकिने अवस्था छैन ।